गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

कास्की | बैशाख १९, २०७९

गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं


पोखरा:  आगामी ३० गते हुने स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । 

 

पोखरा महानगर प्रमुख पदका एकीकृत समाजवादी उम्मेदवार धनराज आचार्य र उपमेयरकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटले भरतपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । 

प्रमुख पदका उम्मेदवारको गृह वडा रहेको बताउदै उनले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे ।  

 

उनले आफ्नो राजनीतिक यात्रा सोही वडाबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको धारणा राखे  ।
देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उल्लेख गरे  । 

पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाएपनि स्थानीयको सरसल्लाह विना केही गर्न नसकिने तर्क राखे ।  आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे ।

 

यसैगरी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखारा ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ थियो । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् ।

पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे । 

मुस्ताङ:  यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा सं...

थप पढ्नुहोस्

काठमाडौं:  २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।  निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुस...

थप पढ्नुहोस्

मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डम...

थप पढ्नुहोस्